अविवाहित पुरुषलाई भत्ता !



तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाले अविवाहित पुरुषलाई भत्ता दिने भएको छ । पालिकाले ६० वर्ष माथिका अविवाहति पुरुषलाई भत्ता दिन लागेको हो ।

एकल पुरुष भत्ता वितरण सम्बन्धि २०८० बमोजिम भत्ता दिने तयारी गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । सात दिनभित्र भत्ताका लागि निवेदन दिन पालिकाले आवहान गरेको हो ।

६० वर्ष पूरा भएको अविवाहित वा श्रीमतीको मृत्यु भएको पुरुषलाई भत्ता दिने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्