भूकम्पले पश्चिम नेपाल हल्लायो, एक जनाको मृत्यु, सयौँ घर भत्किए 



 बाजुरा /बझाङ

  मङ्गलवार  दिउँसो बझाङको  तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर पटक पटक  भूकम्प गएको छ ।भूकम्पाका कारण जयपृथ्वी नगरपालिका वडा न. ११   ओखल भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा खस्दा एक महिलाको  मृत्यु भएको छ ।  जयपृथीवी नगरपालिका वडा नं  ११ की ४० वर्षिया गुनमती धामीको मृत्यु भएको हो । उनी बाटोमा हिडिरहेको वेला भूकम्प आएको र भूकम्पका कारण  पहिरो खस्दा ढुङ्गा लागेर उनको मृत्यु भएको बताइएको छ।    बाजुरा र बझाङमा  धेरै मानिस घाइते भएका छन् । के कति संख्ष्यामा घाइते  छन् यकिन विवरण आइसकेको छैन ।

 बाजुरा र बझाङका विभिन्न ठाउँमा सयैं घर भत्किएका छन् । यो समाचार तयार पार्दासम्म बाजुरामा साना ठूला गरी दश पटक भूकम्पका पराकम्प गएका छन् ।  भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् । आज मङ्गलवार दिउँसो चैनपुर केन्द्रबिन्दु भएर आएको भूकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मंगलवार  दिउँसो गएको भूकम्पले बडिमालिका नगरपालिका  सदरमुकाम मार्तडी स्थित त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाको  तिन तले घर लगायत नौ वटा घर चर्केका छन् । वडिमालिका नगरपालिका वडा नं सात निवासी लिलाराज जोशीको सतन तले घर चर्केको छ ।  त्रिवेणी नपाक।ा गोरख ऐडीको घर,  रत्न माविको भवन,  खप्तड क्षेडेदह गापाको पूर्व वडा अध्यक्ष हर्क रावतको घर पूर्ण रूपमा क्षेती भएको विवरण  प्राप्त भएका छन्।  भूकम्पको केन्द्र बिन्दु रहेको बझाङको मष्टा गापाको  र तलकोट गाउँपालिकासँग जोडिएको गौमुल गापा मा के कति क्षति भयो विवरण आएका छैनन्। उता  कुण्डा भेगका उत्तरपुर्वी क्षेत्रमा सामान्य झट्काले घर चर्केका छन् । मानवीय कुनै क्षति नभएको हिमाली गा पा वडानं चारका वडाअध्यक्ष जोखवहादुर भण्डारीले बताएका छन्। त्यसैगरी खप्तड छेडेदह गाउँपालिका–३ टुनिसैनका ५ घर भत्किएका छन् । त्रिवेणि नगरपालिकाको १ घरमा पूर्ण रुपमा क्षति भएको छ  ।

त्यस्तै बुढिगंगा नगरपालिकाको महेन्द्र आधारभूत विद्यालयको भवन पनि पूर्ण रुपमा क्षति भएको विवरण आएको छ। दिउँसोको समय भएकाले जिल्लामा मानवीय क्षति भने भएको विवरण आएको छैन।

 यस्तै बाजुराका विभिन्न गाउँमा भूकम्पका कारण अधिकांश स्थानीयका घरहरु सयौंको संख्यामा चर्किएको खबर आइरहेका छन् ।  जिल्ला प्रहरी कार्यालय बाजुराले धेरै ठाउँमा क्षति भएको खबर आएको भएपनि अहिले नै पूरा विवरण नआएकाले आधिकारिक जानकारी गराउन नमिल्ने जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार क्षति  भएका ठाँउहरुमा  उद्धार टोली पठाइएको छ । सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरिसकेको पनि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले सार्वजनिक गरेको  भूकम्प नोटमा बाजुराका १७ संरचनामा  भूकम्पले  क्षतिको  जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको सञ्चार शाखको  भित्री पर्खाल चर्केको छ । प्रारम्भिक जानकारी अनुसार भूकम्पले खप्तडक्षेडेदह गाउँपालिका बुढिगा नगरपालिका र बडिमालिका नगरपािलका र त्रिवेणी नगरपािलकाका संरचनामा क्षेतीभएको विवरण प्राप्त भएका छन् ।   थप विवरण आउने क्रम जारी छ।

भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् ।  मङ्गलवार दिउँसो चैनपुर केन्द्रबिन्दु भएर आएको भूकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भूकम्पकै कारण जिल्ला  अस्पताल भवन जोखिम हुँदा  चौरमा त्रिपाल हालेर सुत्केरी गराएको विवरण पनि प्राप्त भएका छन् ।

सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरिले जानकारी दिए । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

३ बजेर ६ मिनेटमा फेरी दोस्रो पटक सुदूरपश्चिम सहित भारतका केही भाग हल्लिने गरी भूकम्प आउँदा बढि क्षेती भएको अनुमान स्थानीयले लगाएका छन्  । दोस्रो पटकमा आएको भूकम्प ६.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्काको महसुस तराइका जिल्लामा पनि गरिएको थियो । ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प  र ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको  भुकम्ले  भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिएका छन् ।

दिउँसो दुई चालिस बजेपछि लगातार १० पटक भूकम्प पराकम्प गएपछि बाजुरा लगायत बझाङ डोटी, डोटी अछाम बैतडी डडेलधुरा दार्चुला लगायत सुदुपश्चिमकै नागरिक त्रसित छन् ।

प्रतिक्रिया दिनुहोस्