अमेरिकामा अन्तरक्रिया कार्यक्रम गर्दै जसपा अध्यक्ष यादव



काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भोलि (अक्टोबर २ तारिख) अमेरिकाको न्यू योर्कमा अन्तरक्रिया कार्यक्रम गर्न लागेका छन् । एन्टाको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका यादवले न्यू योर्कस्थित घ्यालसुम्दो हलमा समसामयिक राजनीतिबारे अन्तरक्रिया गर्न लागेका हुन् ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ता, समाजवादी मोर्चा आबद्ध दलका प्रतिनिधि तथा पहिचानमा आधारित सङ्घ, संस्थाका प्रतिनिधिको उपस्थिति रहने छ । कार्यक्रमको आयोजना जसपासम्बद्ध नेपाली समाज अमेरिकाले गरेको हो । अध्यक्ष यादव असोज २३ गते नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्