बागमती नदीमा गरियो र्‍याफ्टिङ



काठमाडौं ।

नदीको सरफाइसँगै बागमती नदी महोत्सव २०२१ आयोगना गरिएको छ। शनिबार बागमती नदीमा जलयात्रा गर्दै विभिन्न सङ्घसंस्थाले बागमती नदी महोत्सब मनाइएका हुन्।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) , नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो।

बागमती नदी संरक्षण अभियान प्रभावकारी बनाउन शनिबार बिहान बागमती नदीमा गरिएको जलयात्रा।  नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै र्‍याफ्टिङ र जल पर्यटनको उजागर गर्न र नदी महोत्सव तथा महाजलयात्रा गरिएको बताए।

काठमाडौँ सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै २३औँ संस्करणका रुपमा महाजलयात्रा आयोजना गरिएको हो। सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्