बालुवाटार जग्गा प्रकरण : सीआईबीले बुझायो प्रतिवेदन



काठमाडौं ।

बालुवाटारस्थित  ललिता निवासकाे  सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन बुझाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्याैपानेले मंगलबार बिहान फाइल आएको  जानकारी दिएका छन्  ।

सीआईबीले  गत असार १२ गते भाटबटेनी सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलगायत २३ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो।

तीमध्ये ५ जना अदालतको आदेशले रिहा भए भने १८ जना हिरासतमा छन्। यो प्रकरणमा सीआईबीले दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह, पूर्व मुख्यसचिव लिलामणि पौडेलसँग पनि बयान लिएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दाको पनि फैसला हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्