संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अघि बढाइने



काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दैछ ।

गत मंगलबार पहिलोपटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाईएको हो । बैठक साँझ ५ बजे बस्नेछ ।

आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बुझिएको छ ।

आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँने र सर्वोच्च अदालत पहिला झै

कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भएपछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्