नदीमा हाम फालेर किशोरी बेपत्ता



बाजुरा ।

हिमाली गाउँपालिकाको कुवाडी नदीमा हाम फलेर मंगलवार ( आज) विहान एक किशोरी बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एव प्रहरी नायब उपरिक्षक कविन्द्र बोहराका अनुसार हाम फालेर बेपत्ता हुनेमा हिमाली गाउँपालिका-६ धिम निवासी अन्दाजी २२ वर्षीय महेश रावतको श्रीमती अन्दाजी १८ वर्षीय रचना बुढथापा रावत हुन् ।

रावत बाजुरा र हुम्ला जोड्ने कुवाडी पुलबाट हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। । १५ दिन देखि माईतिघर मा बस्दै आएकी बेपत्ता रावतलाई साथ लिन उनका श्रीमान् सोमबार ससुराली घर पुगेका थिए ।

श्रीमान्काे घरजान नमानेर उनले कुवाडी नदीमा हाम फलेको प्रहरीले जनाएको छ। हाम फालेर बेपत्ता भएकी किशोरीको खोजीकार्यका लागि नेपाली सेनाको टोली खटिएको स्थानीय बृखराज पाण्डेले बताए ।

दुर्गाभन्जन गुल्म अन्तर्गत तिथिचौर पोष्टबाट जामदार भिम बानियाँको नेतृत्वमा सेनाको टोली घटना स्थलमा पुगेर खोजी गरिरहेको नेपाली सेनाले वताएको छ । बाजुरामा बालविवहा गर्नेको संख्या उल्लेख्य छ । बालविबाह कै कारण पछि सम्बन्ध विच्छेद, आत्म हत्या र पुनः विवाह पनि हुने गर्छन् । रचनाले पुलवाट हाम फाल्नु पनि बाल विवाह एक कारक तत्व हुनसक्छ ।

रचनाले पोईली घरभन्दा नदीमा हाम फाल्ने दुश्साहसी निर्णयमा किन पुगिन् ? यो संबेदनशील र सबैको चाँसोको विषय बनेको छ। बाल विवाह रोक्न सम्बद्ध सबैको सकरात्मक पहल हुन पर्ने स्थानीयको भनाई छ।

प्रतिक्रिया दिनुहोस्