कांग्रेस सभापति देउवा र चिनियाँ नेताहरूबीच भेटवार्ता हुँदै



काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन जियाजुन नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछ ।

देउवासँग आज दिउँसो भेटवार्ता गर्ने तालिका तय भएको बताइएको छ । टोलीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेको थियो ।

यस्तै कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ नेता युआन जियाजुनले शिष्टाचार भेटवार्ता गरेका थिए । यस्तै टोलीले हिजै नेकपा (माओवादी केन्द्र)का नेतासँग भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्