पोल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं ।

रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने कञ्चनपुर कृष्णपुर नगरपालिका वडा-२ का ४२ वर्षीय पुष्पराज जोशी पक्राउ परेका छन्।

आठ लाख रकम ठगी गरी फरार रहेका जोशीलाई अपराध अनुसन्धान महाशाखाको टोलिले  आइतबार पक्राउ गरेको हो।

जाेशीमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्