सिस्डोलमा फोहोर विसर्जनमा रोक



काठमाडौं । काठमाडौंको फोहोर सिस्डोलमा विसर्जन गर्न रोक लगाइएको छ ।

ककनी र धुनीबेसी नगरपालिका फोहोरमैला पीडित पक्षले फोहोर विसर्जनमा रोक लगाएका हुन् ।

पीडित पक्षले कि हामीलाई मारिँदे कि बस्ती सारिँदे, फोहोररहित मानव, मानवरहित फोहोर, फोहोर हामीलाई चाहिँदैन, मान्छे मार्न पाइँदैन भन्ने नारासहित काठमाडौंको फोहोर सिस्डोलमा विसर्जन गर्न रोक लगाईएको छ ।

ककनी र धुनीबेसी नगरपालिका फोहोरमैला पीडितहरू सिस्डोलमा फोहोर विसर्जन गर्न नदिने भन्दै विरोधमा उत्रिएका छन् ।

काठमाडौंको फोहोर उठाउँदै आएको काठमाडौं महानगरपालिकाले यसबारेमा तत्काल कुनै पनि आधिकारीक निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्