नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रशिक्षण शुक्रबार



काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रशिक्षण हुने भएको छ । भोलि (बिहीबार) बिहान ८ बजेदेखि उक्त महासंघको प्रशिक्षण हुने भएको हो ।

नेपाली कांग्रेसनिकट भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रशिक्षणको उदघाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने महासंघका सचिव प्रेम केसीले जानकारी दिए ।

केसीका अनुसार “आदिवासी जनजाति अभियानसहित राष्ट्रिय प्रशिक्षण कार्यक्रम” पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्