एमबाप्पे पीएसजी छाड्ने मुडमा



पेरिस, (एजेन्सी) । क्लियन एमबाप्पे यो गृष्म सिजनमा कुनै टोलीमा जान सक्ने संभावना रहेको । फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का एमबाप्पेले क्लबसँग सम्झौता नवीकरण बताएपछि यो संभावना बढेको हो । उनको सम्झौता अवधि अर्को सिजनको अन्त्य सकिनेछ । उनले भन्नु अघि नै फ्रेन्च च्याम्पियनले उनलाई बेच्न तयारी गरिसकेको छ ।

पीएसजीले एमबाप्पेलाई सन् २०१७ मा मोनाकोबाट १ सय ८० मिलियन युरोमा किनेको थियो ।

पीएसजीले पनि बेच्ने भन्नु र एमबाप्पेले क्लब छाड्ने भन्नु अन्य टोलीका लागि यो सम्झौता गर्न तँछाडमछाड हुने पनि संभावना छ । तर, थोरै क्लबले मात्रै उनको मूल्य तिर्न सक्ने क्षमता छ । २४ वर्षीय फ्रेन्च स्ट्राइकरले पीएसजीका लागि २ सय १२ गोल गर्नुका साथै २६० खेलमा ९८ गोल हुन असिस्ट समेत गरेका छन् ।

एमबाप्पेले पीएसजीबाट खेल्दा ५ पटक लिग उपाधि तथा १३ घरेलु उपाधि जितेका छन् । उनले फ्रान्सको २०१८ विश्वकपमा समेत राम्रो खेलेका थिए । त्यो विश्वकप फ्रान्सले जितेको थियो । चार वर्षपछि पनि एमबाप्पेले शानदार खेल देखाएर विश्वकपमा मन जितेका थिए । उनको देश दोस्रो भएको थियो । उनले अन्तर्राष्ट्रिय करियरमा ६८ खेलबाट ३८ गोल गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौ स्थानमा छन् । शीर्ष स्थानको ओलिभिएर जिरोेडभन्दा उनी १५ गोलले पछि छन् ।

कतारमा गत डिसेम्बरमा सकिएको विश्वकपमा एमबाप्पेले हेट्रिक समेत गरे । उनको खुट्टाको जादु संसारले हेरेका छन् । यसैले उनलाई लिन केही टोलीहरु लालायित छन् । यसमा रियल मड्रिड, लिभरपुल, म्यानचेस्टर यूनाइटेड, साउदी अरेबिया, चेल्सी मुख्य रुपमा रहेका छन् ।

रियल मड्रिड

ला लिगाको टोली रियल मड्रिडमा एमबाप्पे गत वर्ष अनुबन्ध हुन लागेकै थिए । तर, केही समस्याको कारण उनी आबद्ध हुन सकेनन् । रियलले १ सय ५० मिलियन युरो तिर्न तयार भएको थियो । एमबाप्पेले पीएसजीको लोभलाग्दो प्रस्तावलाई स्विकार गरेपछि उनी रियलमा आबद्ध नभएका थिए । उनी पीएसजीमै रहेका थिए । उनले बताए कि रियलमा खेल्ने उनको सपना कहिल्यै सकिने छैन । यस गृष्म सिजनको लागि रियलले इंग्ल्यान्डका मिडफिल्डर जुडे बेलिङगामलाई १ सय ३ मिलियन युरोमा आबद्ध गरिसकेको छ । यसले गर्दा एमबाप्पेको यस गृष्ममा रियल जाने सपना पुरा हुने देखिँदैन ।

म्यानचेस्टर यूनाइटेड

म्यानचेस्टर यूनाइटेड प्रिमियर लिगको लोकप्रिय र धनी क्लबमध्ये एक हो । पछिल्ला केही सिजनदेखि यो टोलीको प्रदर्शन उतारचढाव रहेको छ । यो गृष्म सिजनमा म्यानचेस्टर यूनाइटेडमा नयाँ मालिक आउने संभावना छ । यदि ग्लेजर परिवारले शेख जसिम बिन हमाद अल थानी र सर जिम राटक्लिफको प्रस्ताव स्विकार गरेमा यो क्लब नयाँ मालिकको हातमा जानेछ । मेनेजर एरि टेन हागले इंग्ल्यान्डका कप्तान हेरी केनलाई किन्न खोजिरहेका छन् । यदि टोटनहामले स्विकार गरेमा केन म्यानचेस्टर यूनाइटेडमा पुग्नेछन् । तर, बजारमा हल्ला भएअनुसार एमबाप्पे इंग्लिस क्लबमा जान सक्नेछन् । नयाँ मालिकले केनको सट्टा एमबाप्पे नै किन्न सक्नेछन् ।

साउदी अरेबिया

करिम बेन्जेमाले साउदी अरेबिया लिगको विजेता टोली अल इतिहादसँग सम्झौता गरेका छन् । साउदी प्रोलिगमा क्रिस्टियानो रोनाल्डो पनि खेलिरहेका छन् । बेन्जेमा र रोनाल्डोको साउदी लिगमा प्रवेशले शायद एमबाप्पेलाई पनि लोभ्याउन सक्नेछ । रोनाल्डोले अल नासरबाट खेलेका छन् । विश्वकै महान फुटबलरमध्ये एक रोनाल्डोको मे महिनामा आम्दानी १ सय ३६ मिलियन डलर रहेको फोब्र्सले उल्लेख गरेको छ ।

यसअघि साउदीकै अर्को टोली अल हिलालले लियोनेल मेसीलाई अनुबन्ध गर्न ताकेता गरेको थियो । अल हिलालले निकै मोटो रकम दिने भनेपनि मेसीले त्यो प्रस्तावलाई स्विकार गर्न मानेनन् । यदि मेसीलाई जस्तै मोटो रकम अगाडि सारेमा एमबाप्पेले स्विकार गर्ला त ? भन्ने पनि प्रश्न तेर्सिरहेको छ । तर, यदि उनले स्विकार गरेमा कोही पनि आश्चर्य मान्नु नपर्ने बताइएको छ ।

चेल्सी

इंग्लिस प्रिमियर लिगको गएको सिजनमा चेल्सीको प्रदर्शन खराब रह्यो । चेल्सीको नयाँ मालिक टोड बोइहलीले दुई ट्रान्सफर विन्डोजमा ५ सय ५० मिलियन पाउन्ड भन्दा बढी खर्च गरिसकेका छन् । यति रकम खर्च गरेपनि यस गृष्ममा खर्च गर्ने नितिमा शान्त देखिएको छ । अहिलेसम्म यो क्लबले एन्जो फर्नान्डेजको लागि १ सय २१ मिलियन युरो र मिखाइलो मुड्रिकको लागि ८९ मिलियन पाउन्ड खर्च गरेको छ ।

लिभरपुल

इंग्लिस प्रिमियर लिगको अर्को टोली लिभरपुल पनि एमबाप्पेलाई भित्रयाउन सक्ने टोली हो । यर्जेन क्लोपलाई निकै राम्रो मेनेजरको रुपमा परिचित गरिसकेको छ । क्लोपले लिभरपुललाई लिग उपाधि पनि दिलाइसकेका छन् । क्लोपले एमबाप्पेका लागि धेरै खर्च गर्न नसक्ने बताएका छन् । उनको नजरमा बेलिङगाम थिए, तर उनलाई रियलले अनुबन्ध गरिसकेको छ । क्लबका मालिक जोन हेनरीले केही रकम बढाउने र राम्रो खेलाडी भित्रयाउने बताएको छ ।

पीएसजी

एमबाप्पे पीएसजीमै बस्न सक्ने विकल्प पनि जिवीतै रहेको छ । पीएसजीका सीईओ नासेर अल खेलाइफी र एमबाप्पे एमबाप्पे २०२५ लुगामा पोज दिएका थिए । एमबाप्पेले पीएसजीमा बस्ने निर्णय गर्न अघि फिनान्सियल प्याकेज स्विकार गरेका थिए । एमबाप्पेले क्लब छाड्ने भन्ने धमकी मात्रै रहेको क्लबका एक पदाधिकारीले बताएका छन् । यसो गरेमा उनको मूल्य बढ्ने पनि बताइएको थियो । गत वर्ष पनि उनले क्लब छाड्ने भनेर रियलसँग अनुबन्ध हुने सबै प्रक्रिया गरिसकेका थिए । पछि पीएसजीले मोटो र लोभ्याउने प्याकेजको प्रस्ताव ल्याएपछि उनी यसैमा लोभिए । यो उनको स्क्यान्डल मात्रै भनेर रियल क्लब रिसाएको थियो ।

प्रतिक्रिया दिनुहोस्