मुगुको मह र माग्रिं गाउँमा २० वर्षपछि उज्यालो



मुगु।

जिल्लाको मुगुमा कार्मारोगं गाउँपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना करिब २० वर्ष पछि बत्ती बलेको छ ।
२०५८ साल बाट स्थापना भएको च्याप्नेगाड जलविद्युत आयोजना सञ्चालन भएको २० वर्ष भन्दा  बढी समय बिती सक्दा पनि हाल सम्म सन्चालनमा नआउँदा मह र मांग्रि गाउँका झण्डै चार सय घरधुरी अँध्यारोमा बस्न बाध्य भएका थिए ।

 विभिन्न मिडियामा समाचार सम्प्रेषण पश्चात् आयोजनाले निर्माण कार्यलाई गति लिएपछि अहिले च्याप्ने गाड जलविद्युत आयोजना अन्नत २० वर्ष पछि बत्ती बलेको हो । बुधवार विधिगत रुपमा कर्णाली प्रदेशका निवर्तमान माननीय दानसिंह परियार र आयोजनाका समितिहरुको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
यो जलविद्युत आयोजना बाट २० किलो वाट बिद्युत् उत्पादन गर्ने क्षमता रहेको दुई वटा गाउँ माग्री र मह गाउँमा बस्ने ४ सय भन्दा बढी घरधुरीलाई लक्षित गरी निमार्ण गरिएको थियो ।

साबिकको जिल्ला विकास समितिको कार्यालय मुगु अन्तर्गत रहेको दुर्गम विकास क्षेत्रबाट सञ्चालित यस च्याप्नेगाढ साना जलविद्युत आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले ५८ लाखमा ठेक्का लिएको हो ।  ठेक्कादरले मेकानिकल पाटो सामान खरिद ढुवानी खरिद आयोजना स्थल पुर्‍याउने र अन्य ढुङ्गगा, माटो, नहर बनाउने मर्मत उपभोक्ता समितीबाट गर्ने गरी सञ्चालन भएको यो आयोजनास्थल धेरै नहुँदा हुँदै काम खटिएका प्राविधिक हिसाबले डिजाइन स्टमेट अनुसार सम्पन्न काम काज भई पावर हाउममा बत्ती बाली मह, माग्री गाउँमा बत्तीले झिलिमिली भई सकेको दुर्गम विकास क्षेत्रले जिल्लाबाट प्रतिवेदन दिई सकेको कागजी रुपमा सम्पन्न काम भएको रिपोर्ट साबिकको जिबिस अन्तरगत दुर्गम विकास क्षेत्र बाट रिपोटमा पास भएता पनि कुनै काम नहुँदा केही वर्ष देखि अलपत्र अवस्थामा परेको थियो ।

विद्युत् निमार्णको लागी भएको खर्च २६ लाख दुर्गम विकास कोषको, साबिकको माग्री गाविसको ५ वडा देखी ९ बडासम्म लक्षित कार्यक्रमको ८ लाख ९० हजार, नेपाल जलवायु परिवर्तन कार्यक्रम लापाको ९ लाख १० हजार, संसद् विकास कोषलगायत अन्य विभिन्न निकायको सहयोग गरी ५० लाख र गमगाढ साना जलविद्युत आयोजनाको २० लाख रकम र अन्य श्रोत बाट गरी जम्मा २  करोड ५० लाख मा विद्युत् आयोजना सम्पन्न भएको च्याप्ने गाढ जलविद्युत आयोजनाका अध्यक्ष सोनाम छिरिङ्ग लामाले बताए । अध्यक्ष लामाका अनुसार आर्थिक अभावका कारण विगतका दिनहरुमा विद्युत् बाल्न सकिएको थिएन ।

यहाँको स्थानीय सरकार मुगुम कार्मारोगं गाउँपालिकाले कुनै पनि तहबाट सहयोग पनि नगरेको र राजनीतिक खिचातानिले गर्दा स्थानीय सरकारबाट सहयोग नभएको उनको आरोप छ ।

अब विद्युत् बलेपछि विशेष गरेर बालबालिका लाई पठनपाठन र वृद्धवृद्धाहरु लाई सहज हुने अपेक्षा गरिएको छ । अब घर घरमा बत्ती बलेपछि रोजगारीका अवसरहरु देखिएका छन । बिद्युतले गर्दा विभिन्न प्रकारका उद्यम गरेर यसै ठाउँमा रोजगारी सिर्जना हुने स्थानीय छिरिङ्ग क्यामा लामाले बताइन ।

प्रतिक्रिया दिनुहोस्