अत्यधिक गर्मीले विद्यार्थी बिरामी, विद्यालय बन्द



धादिङ। 

अत्यधिक गर्मी बढेपछि धादिङका विद्यालयहरु बन्द गर्न थालिएको छ। गर्मीका कारण विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेका छन्।

 त्रिपुरासुन्दरी गाउँपालिका  र बेनीघाट रोराङ गाउँपालिकाले सूचना जारी गरेर बिदा दिएका छन् ।

 त्रिपुरासुन्दरी गाउँपालिकाको अचने माविका ५ जना विद्यार्थी गर्मीका कारण बेहोस भएपछि ३ जनालाई अस्पताल भर्ना गरिएको छ।  चक्रेश्वरी र जलेश्वरी आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीहरु बिरामी परेपछि आइतबारबाट विद्यालय बन्द गरिने सूचना जारी गरिएको छ।

आइतबारसम्म पानी नपरे पालिकाका अधिकांश विद्यालय बन्द हुने शिक्षाशाखाले जानकारी दिएको छ।

बेनीघाट रोराङ गाउँपालिकाको  शंखादेवि मावि र गल्छी गाउँपालिकाको बागेश्वरी माविले अत्यधिक गर्मीका कारण विद्यालय बिदा गरेका छन् । शुक्रबार दक्षिणी धादिङको पृथ्वीराजमार्ग क्षेत्रमा ४० डिग्री तापक्रम पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्