गर्मी बढेसँगै कैदीबन्दीमा छालाको समस्या



चितवन  । 

जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।  गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो । कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो ।

बसाईं साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायतका समस्या देखिएको उहाँले बताउनुभयो । विगत १५ दिनदेखि यो समस्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो समस्या अझै पैmलनसक्ने देखिन्छ ।” गर्मी बढेसँगै छाला र झाडापखालाको समस्यासमेत देखिएको उहाँले बताउनुभयो ।

अहिले २५ जनामा झाडापखालाको समस्या देखिएको उहाँले जानकारी दिनुभयो । यसलाई रोकथामका लागि कारागार प्रशासनले आन्तरिक व्यवस्थापनको काम गरिरहेको उहाँले भनाइ छ ।

कारागारमा सात सय ४० कैदीबन्दी रहेका छन् । दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना कैदीबन्दी छन् । तीसँगै आश्रित बालबालिका चार जना रहेको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्