युनिलिभरको सफा हिमाल अभियान सम्पन्न



काठमाडौं । युनिलिभर नेपाल र नेपाली सेनाको नेतृत्वसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट फोहोर र प्लास्टिक सरसफाई गर्ने ‘सफा हिमाल अभियान २०२३’ सम्पन्न भएको छ । यस वर्षको अभियानले ती हिमालबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य पूरा भएको छ ।

अभियानमार्फत हिमालबाट ३५ हजार ७०८ किलो फोहोर संकलन गरिएको थियो । स्थानीयबासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको अभियानबाट सगरमाथा–ल्होत्से क्षेत्रबाट १३ हजार ६२१ किलो फोहोर र प्लास्टिक संकलन गर्न भएको थियो भने अन्नपूर्णबाट ३ हजार ५६७ किलो र बरुञ्चेबाट १८ हजार ५२० किलो फोहोर हटाइएको छ ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले युनिलिभर नेपालले सहकार्य गर्न पाउँदा गर्व महसुस गरेको बताए ।

जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यीमहत्त्वपूर्ण चुचुराहरूको मौलिकप्रकृतिलाई जोगाउने प्रयासलाई यीअभियानहरूद्वारा बढावा दिएको छ। वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्