कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासन प्राथमिकतामा



s0ff{nL, !! ;fpg M s0ff{nL k|b]z;efsf] ejg . t:jL/ M k|sfz clwsf/L÷/f;;

सुर्खेत।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रम पारित गरियोस् भनेर राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

सभामुख नन्दा गुरुङ्गले मुख्यमन्त्री शर्माले पारित गरियोस् भनेर राखेको प्रस्ताव बहुमतले पारित गरिएको घोषणा गरे । जेठ २१ गते प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासनलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री शर्माले बैठकमा नीति तथा कार्यक्रमको छलफल माथि उठेका प्रश्नको जबाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्