हुम्लाको स्वास्थ्य शिविरमा बिरामीको घुईचो



काठमाडौं ।
हुम्लाको सदरमुकाम सिमकोटमा ३ दिने वृहत एकीकृत स्वास्थ्य शिविर सुरु भएको छ ।  बिहीबारबाट सुरु भएको शिविरमा मुटुरोग, प्रसूति तथा स्त्री रोग, जनरल फिजिसियन, हाडजोर्नी,  नशा, नाक, कान तथा घाँटी, बाल रोग,अकुपञ्जर लगायतका उपचार भइरहेको छ ।
शिविरका लागि ६ जना विशेषज्ञ चिकित्सकहरू बिहीबार बिहान काठमाडौँबाट आइपुगेका हुन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार  जिल्ला अस्पतालका चिकित्सकहरु समेत शिविरमा काम गरिरहेका छन् । प्रारम्भ सामाजिक संस्था र  सिंगापुर रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले शिविर आयोजना गरेका हुन् ।
शिविरको पहिलो दिन  ८ सय ९४ बिरामीले सेवा लिएका छन् । जसमा ४ सय ९४ जना महिला र ३ सय ५५ जना पुरुषले सेवा लिएका छन् ।कोरोनापछिको संचालन गरिएको यो पहिलो शिविर हो । शिविर तिन दिन सम्म संचालन हुने छ । स्वास्थ्य शिविरमा अधिकांश जेष्ठ नागरिक, तथा महिलाहरु रहेका छन् ।
स्वास्थ्य शिविरमा स्थानिय निकायको सहकार्य जुटाउँदै खटेका सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तता प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष तथा प्रारम्भ नेपालका प्रोजेक्ट डाईरेक्टर बद्रीराज तिमल्सिनाले दिनुभएको जानकारी अनुसार हाडजोनी, गाईनो, कानको समस्या भएका धेरै बिरामी पाईएको जानकारी गराउनुभयो ।
योग, प्राकृतिक तथा अंकुपंचर विधिबाट गरिएको यो उपचार स्थानिय बिरामीहरुले निकै रुचीका साथ लिएका छन् । अन्नपूर्ण नेचरकेयर अस्पताल ललितपुरले प्राकृतिक उपचार सेवा दिईरहेको डा.स्कन्द डागीले बताउँनुभयो ।  निजामती अस्पतालका हाडजोर्नी विभागका डा.बन्धुराम पंगीनीले हाडजोर्नी सम्बन्धी समस्या भएको बिरामीलाई विहानैदेखि सेवा प्रदान गर्नुभएकोछ ।
हुम्लाको सिमीकोट गाउपालिका, खारकुनास सिमीकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी लगायतले स्वास्थ्य शिविरलाई निकै प्रभावकारी भएको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्