रंगभेदी दुव्र्यवहार गर्नेमाथि कारवाही



लन्डन, (एजेन्सी) । स्पेनिस क्लब रियल मेड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि रंगभेदी दुव्र्यवहार गरेको आरोपमा सात जनालाई कारवाही गरिएको छ ।

ब्राजिलियन फरवार्डमाथि गत जनवरीमा दुव्र्यवहार गर्ने चार जनालाई ६० हजार युरो जरिवाना र दुई वर्ष रंगशाला प्रवेशमा प्रतिबन्ध लगाएको छ । उनीहरुले गत जनवरीमा रियलको प्रशिक्षण मैदानमा जुनियरको पुत्ला झुण्डाएका थिए । चारै जना पुरुषलाई ११ दिनअघि पक्राउ गरी मड्रिडको अदालतले जमानतमा रिहा गरेको थियो ।

त्यसैगरी गत मे महिनामा भ्यालेन्सियाविरुद्धको खेलमा जुनियरमाथि दुव्र्यवहार गर्ने तीन जनालाई पनि ५० हजार युरो जरिवाना र एक वर्ष रंगशाला प्रवेशमा प्रतिबन्ध लगाएको छ । तीनै जना १८ देखि २१ वर्ष उमेरबीचका छन् । जुनियरविरुद्ध रंगभेदी नारा लगाएका उनीहरुलाई प्रहरीले खेलको दुई दिनपछि हिरासतमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्