नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको सातौ अधिवेशन हुँदै



काठमाडौं । 
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १२ औं बार्षिक साधारण सभा तथा सातौ  अधिवेशन हुने भएको छ ।
पछिल्लो समय ढुवानी क्षेत्रमा देखिएका समस्या तथा व्यवसायीहरुका हक हितका लागि समितिले खेल्नु पर्ने भूमिकाका बारेमा साधारण सभा तथा अधिबेशनमा छलफल हुनेछ । साथै अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति कलंकीमा मुख्य कार्यालय रहेको उक्त समितिको साधारण सभा र अधिवेशनको उद्घाटन बागमती प्रदेश समितिका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गर्नुहुनेछ । जेष्ठ २६ र २७ गते हुने अधिवेशनका लागि अध्यक्ष दिलबहादुर श्रेष्ठको बार्षिक प्रतिवेदन, सचिज हेमराज श्रेष्ठको प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रदिप बस्नेतले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन लगायतका विषयमा सभामा छलफल हुने तृतिय उपाध्यक्ष राजु सत्यालले जानकारी दिनु भयो । ३९ सय गाडीहरु दर्ता भएको उक्त समिति नेपालकै दोस्राे ठुलो हो ।
ट्रक व्यवसायीहरुलाई उल्लेख्य सेवा दिएको समितिले नियमित नविकरण भएका सदस्यहरुको हकमा दुर्घटना लगायतका अवस्थामा सहजिकरण र समन्वयका साथै संस्था जिम्मेवार बनेर क्षतिपुर्ति उपलब्ध गराउँदै आएको छ ।
 समितिमा २६ र २७ गते हुने अधिबेशनमा करिव १५ सय प्रतिनिधिले भाग लिनेछन् ।
नियमित शुल्क नबुझाउने सदस्यहरुले मतदानमा भाग लिन पाउने छैनन । देशभर ढुवानी गर्ने सवारी साधन समितिमा आवद्ध रहेको तृतिय उपाध्यक्ष सत्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्