गौरी मल्लको जीवन्त प्रतीक्षा



अभिनेत्री गौरी मल्लले जीवन्त अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अभिनेत्री मल्लले जीवनका विभिन्न रुपमा अभिनय गरेको भिडियो शुक्रबार म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। कथानक शैलीले तयार पारिएको भिडियोमा कलिलो उमेरमै श्रीमान् हराएको श्रीमतीले तीनै श्रीमान्को प्रतीक्षामा जीवन समर्पण गरेको भावप्रधान र दुःखदायी कथा छ। श्रीमान्को खोजीमा सिंगो जीवन सपर्मण गर्दासमेत आप्mनो जीवन सकिएको थाहा नपाएकी महिलाको कथालाई गौरीले यो भिडियोमार्पmत सशक्त ढंगले प्रस्तुत गरेकी छन्।

प्रहरी प्रशासनलाई हार गुहार गरे पनि श्रीमान् नभेटिएपछि जीवनभर उनकै प्रतीक्षामा बस्न बाध्य पार्वती कर्माचार्यको सत्यकथालाई अभिनेत्री मल्लले सरल ढंग र मन छुने ढंगले भिडियोमा प्रस्तुत गरेकी छन्। फिल्मी शैलीको प्रतीक्षा बोलको गीतको म्युजिक भिडियोमा गौरीका साथमा सुरेश शिल्पकार, गजित विष्ट, गोपालकाजी कायस्थ, सृष्टि भुजेल, दिव्या कार्की, उषा डंगोल, बिना डंगोल, पूजा श्रेष्ठ, समीक्षा गदाल, पुष्पा विश्वकर्मा, डिबी घिमिरे, सरोज खड्की र रामभक्त कोइरालाका साथमा बाल कलाकार कृर्तिका बस्नेत, लेसी अधिकारी, सुनिप कार्की र अनुरोध गोदारले अभिनय गरेका छन्।

भिडियोको निर्देशन अर्की अभिनेत्री नीता ढुंगानाले गरेकी छन्। नीताले यसअघि एक भजनको भिडियो निर्देशन गरेकी थिइन्। भिडियोको गीत गायक कर्णदासको स्वर र संगीतमा तयार भएको छ भने शब्द सचिता कर्माचार्य र संगीत संयोजन महाराज थापाको रहेको छ। सचिता कर्माचार्यको प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियोमा छायांकन सञ्जय लामा र सम्पादन मिला श्रेष्ठको छ।

प्रतिक्रिया दिनुहोस्