साथी शिक्षकको रुपमा योगदान पुर्‍याउने १५० विद्यार्थी पुरस्कृत



बुटवल  । 

रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका साथी शिक्षकको रुपमा योगदान पु¥याउने १५० विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाई भएका विद्यार्थीहरुलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरुले साथी शिक्षकको रुपमा सिकाईमा मद्धत गरेर उत्तिर्ण बनाउन सफल भएका थिए । शैक्षिक सत्र २०७९ मा योगदान दिने १ सय ५० जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री सहित पुरस्कृत गरिएको हो ।

निम्न माध्यमिक तहका संयोजक मोहन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले साथी शिक्षक मार्फत सिकाईमा सहजिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको र यसले सिकाइ प्रक्रियालाई सहजता थपेको बताउनुभयो ।

पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नो विभिन्न कला समेत प्रदर्शन गरेका थिए । शान्ति नमुनामा २०७६ सालदेखि निरन्तर रुपमा साथी शिक्षक सहायता कार्यक्रम चलिरहेको छ

प्रतिक्रिया दिनुहोस्