भलिबल उपाधि एपीएफलाई



हेटौंडा । हेटौंडामा भएको खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।

शनिबार हेटौंडा–४, हुप्रचौरमा भएको फाइनलमा त्रिभुवन आर्मीलाई हराउ“दै एपीएफले उपाधि हात पारेको हो । एपीएफले आर्मीलाई २५–२०, १७–२५, २५–१७ र २९–२७ सेटले हराएको हो ।

उपाधिस“गै एपीएफले २ लाख रुपिया“ प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख प्राप्त गरेको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित हु“दै नगद १५ हजार रुपिया“ प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट सेटर एपीएफका सुबास कु“वर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका ईश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पराज मल्ल घोषित भए । उनीहरुले नगद ५ हजार रुपिया“ प्राप्त गरे ।

समूह चरणको अन्तिम खेलमा एपीएफले नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशको भलिबल टिमलाई पनि समान ३–१ को सेटमा पराजित गरेको थियो ।

केशबलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा १० टोली सहभागी थिए । प्रतियोगिताको मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका थियो ।

प्रतिक्रिया दिनुहोस्