शुक्रवार सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला कति ?



काठमाडौं ।

नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य नयाँ उचाइ पुगेको छ। शुक्रवार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन  प्रतितोला  १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। यो सातामात्रै सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको मूल्य लगातार बढिरहेको छ।  शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्