अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ



काठमाडौँ।

अनलाइनमार्फत रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्‍ने २३ वर्षीय युवक धर्मेन्द्र कुमार साह रहेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सुन्धाराबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबुकमार्पत केटी साथी बनाई साथीको अनुमती नलिइकनै मोबाइल बैंकिङबाट ईसेवा तथा खल्तीमा रकम ट्रान्सफर गरेको पाइएको छ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्