हेटौँडामा दुई छोरासहित आमाले खाइन् विष



हेटौँडा ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ जाँतेमा एक महिलाले दुई छोरासहित आफूले विष सेवन गरेकी छन् । प्रहरीका अनुसार बुधबार साँझ ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी हुन् ।

झार मार्ने विषादी प्यारा क्वाइट डाइक्लोराइड खाएका उनीहरुलाई हेटौडा अस्पताल हुँदै राति नै चितवन मेडिकल कलेज (सीएमसी)मा लगिएको थियो ।

साथै आमा सोनी र अर्काे छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरूको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गर्नुको कारण खुलिनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्