सोमबार सुनचाँदीको मूल्यस्थिर



काठमाडौं ।

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यस्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइबारकै मूल्यमा सोमबार सुनचाँदीको कारोबार भइरहेको हो ।

मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख ७ हजार ६ सय रुपैयाँ पर्नेछ । यता, चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्