उपराष्ट्रपतिको निजी चिकित्सकमा डा. शिवजी सिलवाल नियुक्त



काठमाडौं ।

उपराष्ट्रपति रामसहाय यादवको निजी चिकित्सकमा डा. शिवजी सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषदको जेठ ९ गते बसेको बैठकले डा. सिलवाललाई उपराष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त गरेको हो ।

डा. सिलवाल यसअघि पनि उपराष्ट्रपतिको निजी चिकित्सक थिए । डा. सिलवालले नियुक्तिको पत्र बुझिसकेका छन् ।

डा. सिलवाल मुटु रोग विशेषज्ञ हुन् । उनी नर्भिक अस्पतालमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्