खैरो हेरोइन कारोबारमा संलग्नको आरोपमा ६ जना पक्राउ



काठमाडौँ।

अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने गिरोहमा संलग्नको आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने गिरोहमा संलग्नको आरोपमा विभिन्न मितिमा पक्राउ गरेका ६ जनालाई शनिबार सार्वजनिक गरेको हो ।

९ जेठमा काठमाडौंको बौद्ध टुसालस्थित एक होटलबाट २० ग्राम खैरो हेरोइन, एउटा डिजिटल तराजु, ७ लाख ४० हजार नेपाली रुपैयाँसहित झापाका २७ वर्षीय किरण कन्दङ्वालाई पक्राउ गरेको थियो ।

त्यस्तै १ जेठमा काठमाडौं महानगरपालिका–९ बाट ९४ ग्राम खैरो हेरोइनसहित झापाकै २८ वर्षका विजय लिम्बू, झापाकै चन्द्रगढीबाट मेची नगरपालिकाका २९ वर्षका माधव मेचे र विनोद लिम्बूलाई पक्राउ गरेको ब्यूरोले जनाएको छ।

त्यस्तै जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट १९४ ग्राम ५४० मिलिग्राम खैरो हेरोइनसहित भारतको दार्जिलिङका २२ वर्षका शिव घोष र २६ वर्षकी श्यामला सोरेन पनि पक्राउ परेका छन् ।

प्रहरीले तीन किलो ६०० ग्राम चरेससहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ४२ वर्षका तेम्बा शेर्पालाई पनि पक्रेको छ । उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा पक्राउ गरेको व्यूरोले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्