दिगो विकास लक्ष्य पूरा गर्न जोड



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अतिकम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्तीबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने बिषयमा छलफल भएको छ । साना तथा मझौला उद्योग व्यावसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारस“गको सहकार्य लगायतका विषयमा छलफल भएको थियो ।

उक्त अवसरमा अध्यक्ष ढकालले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताउनुभयो । महासंघले अगाडि सारेका पा“च प्रमुख प्राथमिकताहरु, आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने, व्यवसायीको सम्मानबारे अध्यक्ष ढकालले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताउनुभयो । लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने धारणा थियो ।

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र संघले सहकार्य गर्न सक्ने उहा“ले बताउनुभयो । त्यस्तै महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले दिगो विकासका लक्ष्य र आर्थिक स्तरोन्तीमा महासंघकातर्फबाट अहिलेसम्म भएका प्रयासहरुका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्