तोलामा  १ हजार रुपैयाँले घट्याे सुनको भाउ



काठमाडाैं ।

नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ।  बिहीबार  सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला १ लाख ८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएकाे थियाे । बिहीबार तेजाबी सुन प्रतिताेला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्