नेपाल सेमिफाईनलमा



काठमाडौं । बंगलादेशलाई ३–० सेटले पराजित गर्दै नेपाल एनएससी – काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाईनलमा प्रवेश गरेको छ ।

च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा बंगलादेशमाथी २५–१०, २५–८, २५–९ को जित दर्ता गरेको थियो । योसँगै घरेलु टोली एक खेल अगावै सेमिफाईनलमा प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानलाई हराएको नेपालले ६ अंक बनाएको छ ।

यसै समूहबाट भारतले किर्गिस्तानमाथी ३–० को सहज जित निकाल्दै अन्तिम चारको यात्रा तय ग¥यो । भारतले किर्गिस्तानलाई २७–१७, २५–८, २५–८ ले हराएको थियो । समूह बिजेता र उपबिजेताको छिनोफाने आज हुने नेपाल र भारत विचको खेलले निर्धारण गर्नेछ । किर्गिस्तान र बंगलादेशले अब बरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै समूह बी को खेलमा काजाकिस्तानले श्रीलंकामाथी निकै प्रतिस्पर्धात्मक खेलमा ३–१ सेटको जित निकाल्न सफल भयो । पहिलो र दोश्रो सेट २५–१६, २८–२६ ले आफ्नो पक्षमा पारेको काजाकिस्तानले तेश्रो सेट १८–२५ ले श्रीलंकालाई सुम्पियो । यस्तै चौथो सेट २९–२७ ले काजाकिस्तानले जितेको थियो । यसको साथै काजाकिस्तानको ६ अंक भएको छ । पहिलो खेलमा काजाकिस्तानले मालदिभ्सलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्