गोर्खा वारियरको प्रिमियर लन्डनको आईम्याक्स सिनेवल्र्डमा



हरेकजसो फिल्मको प्रिमियर विदेशमा गर्दै आएका निर्माता निर्देशक मिलन चाम्सले आप्mनो डिझम प्रोजेक्ट गोर्खा वारियरको प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको आईम्याक्स सिनेवल्र्डमा गर्ने भएका छन्।

वीर नेपाली गोर्खालीको साहस र गौरव गाथा बोकेका फिल्मको नेपाली फिल्मकै इतिहासमा पहिलोपटक रेड कार्पेट प्रिमियर गर्न लागिएको हो। आगामी सेप्टेम्बर १० तारिख आइतबारका दिन फिल्मको वल्र्ड प्रिमियर गरिने चाम्सले यसबारे जानकारी दिन मंगलबार राजधानीको विश्वज्योति हलमा आयोजित एक भेटघाटमा बताए। प्रिमियरमा दुई हजार दर्शकलाई गोर्खा वारियर देखाइने उनले जानकारी गराएका छन्। प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटी, हलिउडकै फिल्म डिस्ट्रिब्युटर, बेलायतका राजपरिवार, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सैनिकका जनरल, ब्रिटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसर, बेलायतमा रहेको नेपाली राजदूतावास, काउन्सिलका पदाधिकारी, विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वलाई निमन्त्रणा गरिएको छ। नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिलाई पनि प्रिमियरमा निमन्त्रणा गरिएको छ।

नेपाली फिल्मलाई विश्वब्यापी बजारमा पुर्याउने नेपालीले देखेको सपनालाई गोर्खा वारियरमार्फत अब साकार पारिने भएको छ। नेपालीहरु साहसीको रुपमा विश्वमा चिनाउन सफल नेपाली गोर्खा सैनिकको बीरगाथामा यो फिल्म आधारित रहेको छ, कार्यक्रममा उनले भने नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन लिसेस्ट स्क्वायर लन्डनको आईम्याक्स सिनेवल्र्डमा गोर्खा वारियरको रेड कार्पेट प्रिमियर गर्न लागिएको हो। यो प्रिमियरको खर्च निकै छ। जसबाट एउटा नेपाली फिल्म नै निर्माण गर्न सकिन्छ। तथापि, नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउनका लागि यसरी मार्केटिङ गर्न पाउँदा त्यो सब गर्न तयार छौं। हलिउडको तीन सय मिलियन अमेरिकी डलरमा बनेका सिनेमा लिसेस्ट स्क्वायर लन्डनको आईम्याक्स सिनेवल्र्डमा प्रिमियर हुन्छ। नेपाली चलचित्रलाई त्यहाँ प्रिमियर गर्न मैले २० वर्षअघि देखेको सपना बल्ल पूरा हुन लागेको छ।

आईम्याक्स सिनेवल्र्डबाट शुरु हुने गोर्खा वारियरको प्रिमियरलाई सेप्टेम्बर महिनाभर निरन्तरता दिइने उनले बताए। सेप्टेम्बर २०२३ लाई गोर्खा वारियरको प्रिमियर महिनाको रुपमा मनाईने छ। बेलायतपछि हङकङ, सिंगापुरलगायत विभिन्न देशमा पनि सेप्टेम्बर महिनाभरि प्रिमियर गर्ने तयारी भइरहेको छु। कार्यक्रममा अभिनेता तथा क्याप्टेन विजय लामाले आफूले अहिलेसम्म काम गरेको फिल्ममध्ये गोर्खा वारियर सबैभन्दा ठूलो र महङ्कवपूर्ण फिल्म भएको बताए।

सन १९४९ को मलाया इमरजेन्सी जँगल वारमा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई फिल्ममा उतारिएको छ। फिल्म नेपाली, अंग्रेजी र हिन्दी गरी तीन भाषामा रिलिज हुँदैछ। फिल्मको पोस्ट प्रोडक्सनको कार्य भारतको मुम्बई र बेलायतको लन्डनस्थित स्टुडियोमा भइरहेको छ। वार जनरामा निर्मित फिल्मबाट रितेश चाम्सले डेब्यु पाएका छन्। रितेशसँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायतका विभिन्न कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्। फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, शैलेन्द्र खनाल शरदु को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग संयोजन, हिमाल केसीको द्वन्द्व निर्देशन, सुदीप बरालको डीओपी र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्