सिन्धुलीमा गर्भवती महिलाको मृत्यु, अस्पताल तोडफोड 



सिन्धुली ।

सिन्धुली अस्पतालमा एक गर्भवती महिलाको मृत्यु भएपछि मृतक महिलाको आफन्तले अस्पताल तोडफोड गरेका छन् । कमलामाई नगरपालिका ५ सिलामेकी २९ बर्षिया गंगा गुरुङ श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

अस्पतालका डाक्टरको लापरबाहीले गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसर र सडकमा टायर बालेर डाक्टरलाई कारबाहीको माग सहित नारा जुलुस गरिरहेका छन् । सिन्धुली अस्पताल अहिले तनावग्रस्त रहेको छ ।

तोडफोडलाई रोक्न खोज्दा एक जना प्रहरी समेत घाइते भएका छन् । अस्पताल परिसरमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ । आफन्तले सडक अवरुद्ध गरेर डाक्टरलाई कारबाहीको माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्