कर्तव्य ज्यान मुद्दाका आरोपितलाई मानव बेचविखनको समेत मुद्दा



धादिङ । छोरा र अर्का एक जना सहयोगिको सहयोगमा एक युवाको हत्या आरोप लागेका गल्छी गाउँपालिका वडा नम्बर ८ की ४७ वर्षीया सरस्वती पण्डित मानव बेचविखन विरुद्ध समेत मुद्दा दर्ता भएको छ ।

बुधबार गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेको सानदार होटलमा एकजना ग्राहकमाथी छुरा प्रहार गरिहत्या गरिएको थियो ।

घटनामा सम्लग्न भएको आरोपमा प्रहरीले सरस्वतीसहित उनका छोरा निरज पण्डित, हत्यामा सहयोग गरेका पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ घरभइ गल्छी गाउँपालिका वडा नम्बर ८ निवासी ३० वर्षीय किरन रानालाई प्रहरीले पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको थियो अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सानदार होटलमा बेश्यावृत्ति र मानव बेचविखन गर्ने गरेको उजुरीको अदाधारमा सरस्वतीलाई मानव बेचविखन तथा ओसार पसार मुद्दासमेत दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

केटीहरुलाई डरत्रास र प्रलोभनमा पारि बेश्यावृत्ति गरेकोले थप मुद्दा पीडितहरुको उजुरीको आधारमा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।

स्थानीयबासीले पटकपटक प्रहरी कार्यालयमा उजुरी गर्ने गरेपनि होटलमा भएको गतिविधि बन्द भएको थिएन । मिश्रले आफूले सूचना पाएपछि स्थानीयबासीको गुनासो समेत ध्यानमा राखेर जघन्य अपराध गर्नेहरुलाई मुद्दा चलाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्