गुराँस, युनियन र प्राइम लाइफ मर्ज भई हिमालयन लाइफको नामबाट एकीकृत कारोबार सुरु



काठमाडौं ।

गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ इन्सुरेन्स एक आपसमा मर्जर भएर आज वैशाख २६ गतेबाट एकीकृत कारोबार सुरु भएको छ ।

उक्त कम्पनीहरु एकआपसमा मर्जर भएपछि अब हिमालयन लाइफ इन्सुरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
यी कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते र बिमा प्राधिकरणले वैशाख १३ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

यी तीन कम्पनी १ः१ः१ अनुपातमा मर्ज भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्