प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस



काठमाडौं ।

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो।

कार्की हाल कामु प्रधानन्यायाधीश छन् । अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् । चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए ।

प्रतिक्रिया दिनुहोस्