त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित भएको छ । केही दिनयता भइरहेको वर्षाका कारण भएको प्रतिकूल मौसमका कारण बिहीबार उडान प्रभावित भएको हो ।

प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर भएकाले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

जसकारण अन्तर्राष्ट्रियतर्फका केही विमान आकाशमै होल्ड भएका छन्  भने अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विमानको समयमै उडान हुन सकेको छैन ।

विमानस्थल कार्यालयका अनुसार लुक्ला, सिमिकोटलगायत हिमाली क्षेत्र र दुर्गम क्षेत्रका विमाननस्थलमा उडान बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्