काठमाडौं । संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले सिंहदरबारमा धर्नामा छन् ।
सरकारले आफूहरुको मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
यसअघि पनि निजामती कर्मचारीहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा सांकेतिक विरोध जनाउँदै आएका थिए ।