वसन्तपुरमा ‘भुमरी’



लागूपदार्थ दुव्र्यसनी तथा मादक पदार्थ सेवनबाट कुलतमा फसेका युवाहरुको कथालाई लिएर वसन्तपुरमा भुमरी नाटक प्रदर्शनी भएको छ । नाटकमा कुलतबाट कसरी मुक्ति पाउने भन्ने सन्देश दिन दिएको छ ।

रंगकर्मी तथा कलाकार घनश्याम गौतमको लेखन तथा निर्देशन रहेको नाटक भुमरीमा नमस्ते दिवाकर घिमिरे, सरिता राजोपाध्याय, युगज्योति क्रियाशील, आईपी आचार्य, टीकाराम आचार्य, सुरज खड्का, द्रोणप्रसाद आचार्य (केपी) अर्जुन कटवाल र घनश्याम गौतमलगायतका कलाकारले जीवन्त अभिनय गरेका थिए ।

उद्दार नेपालको आयोजना तथा कारितास नेपालको सहकार्यमा तयार पारिएको नाटक भुमरीले विद्यालयका विद्यार्थीहरु कुलतमा कसरी फस्छन् र कुलतमा फसेपछि कसरी उद्धार गर्ने र नयाँ जीवन कसरी जिउन सकिन्छ भन्ने कुरालाई नाटकमा मार्मिक ढंगले देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्