सियारी गाउँपालिकाद्वारा पालिका भित्रका ८ वटा मस्जिदमा फलफूल वितरण



बुटवल। 

रुपन्देहीको सियारी गाउँपालिकाले मुस्लिम समुदायको पर्व रमजानको अवसरमा पालिका भित्र रहेका ८ वटा मस्जिदमै पुगेर फलफूल वितरण गरेको छ ।
मुस्लिम समुदायको पर्व रमजानको अन्तिम हुनै लाग्दा सियारी गाउँपालिकाले पालिका भित्रका सबै मस्जिदमा पुगेर फलफूल वितरण गरेको हो ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्षहरु दीपक बहादुर शाही, श्रीराम यादव, रामचन्द्र कुर्मी लगायतले पालिका भित्र सञ्चालनमा रहेका ८ वटा मस्जिदमा पुगेर एउटा मस्जितलाई ५ हजार बराबरको फलफूल प्रदान गर्नु भएको छ ।

रोजा (वर्त) बसेका मुस्लिम समुदायलाई रोजा खोले पछि खान मिल्ने गरी स्याउ, केरा, सुन्तला र खरबुजा लगायतका फलफूल प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकारले सबै धर्म र समुदायलाई समान व्यवहार गर्ने उल्लेख गर्दै सबै धर्म, वर्ग र समुदायको साथमा स्थानीय सरकार रहेको उल्लेख गर्नु भयो ।
अध्यक्ष घिमिरेले स्थानीय सरकारले आगामी दिनमा पनि अन्य धर्म र समुदाय विशेषका पर्वलाई पनि ध्यानमा दिएर काम गर्ने बताउनु भयो ।

गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् । मुस्लिम समुदायको पर्व रमजानको शनिवार अन्तिम दिन हो ।

प्रतिक्रिया दिनुहोस्