भगवानको रुपमा मान्छेको कथा गणपति



आगामी जेठ ५ गते अल नेपाल रिलिज हुने फिल्म गणपतिको आकर्षक टिजर सार्वजनिक गरिएको छ।

बिहे गरेको साढे सात वर्षसम्म पनि सन्तान नभएपश्चात् एक दम्पतीले पूजाआजा र आराधना गरेपछि भगवान्कै रुपमा जन्मिएको सन्तानलाई उसकै रुपका आधारमा समाजले गर्ने देवत्वकरण र यथार्थ अर्कै निस्केपछि

त्यही समाजले गर्ने भिन्न व्यवहार टिजरमा देखाइएको छ। एक मिनेट ३७ सेकेन्डको टिजरमा विश्वास र अविश्वासका कारण समाजले गर्ने फरक फरक व्यवहारका साथमा बाल्यकालको प्रेम र युवा अवस्थाको जटिल संघर्षलाई समेटिएको छ। फिल्मका प्रमुख कलाकारलाई देखाइएको टिजरमा भगवान्का रुपमा बच्चा जन्मेपछि खैजडी भजन गाएर उत्सव मनाइएको अनि वास्तविकता अर्कै भएपछि उसको जीवनमा आउने आरोह+अवरोहलाई देखाइएको छ। छोटो टिजरमा फिल्मका सुख, दुःख तथा रमाइला प्रसंगलाई समेटेर फिल्मप्रति कौतुहलता पैदा गर्ने प्रयास गरिएको छ।

फिल्मका निर्देशक सविन अधिकारीले गणपतिले नेपाली समाजको चरित्र चित्रण गर्ने बताए। ञकोही व्यक्ति कुनै बेला त्यहि समाजको भगवान् बन्ने र उही व्यक्तिलाई त्यही समाजले कसरी नारकीय व्यवहार गर्छ भन्ने विषय फिल्ममा प्रस्तुत गरिएको छ, निर्देशक अधिकारीले भने सबै कलाकार र टिमको प्रयासले फिल्म उत्कृष्ट बनेको छ। फिल्मको शीर्ष भूमिकामा प्रस्तुत अभिनेता मुकुन भुसालले गणपतिमा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने बताए। ञयसमा म अहिलेसम्मकै फरक भूमिकामा छु। यो भूमिका दर्शकका लागि पनि सरप्राइज हुनेछ। फरक भूमिकामा भएकाले फिल्मलाई लिएर उत्साहित छ, भुसाल भन्छन्। फिल्मका निर्माता लक्ष्मण थापाले यथार्थ घटनामा आधारित भिन्न कथा भएकाले फिल्म निर्माण गरिएको तथा फिल्म हेर्न र देखाउन लायक बनेको बताए।

नव निर्देशक सविन अधिकारीद्वारा लिखित तथा निर्देशित फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, स्व. जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल, रोहित कार्की, गीता थापा, स्मारिका खनाल, निश्मा भद्मराई, प्रशान्त हुमागाईं, अवसर सुवेदी, अनमोल तामाध्रलगायतले अभिनय गरेका छन्।

तनहरुको बन्दीपुर गाउँपालिका थारुवासमा छायांकन गरिएको फिल्म एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेका हुन्। फिल्ममा शंकर अधिकारी घायल र अनिश अधिकारीको शब्द, बाबुल गिरी अनिश अधिकारीको स्वर, हरिबहादुर घलेको छायांकन निर्देशन र विपीन मल्लको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्