जन्मभूमि प्यारो छ मञ्चित



गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा जनचेतना समाज परिवर्तन नेपालको प्रस्तुतिमा जनचेतनामूलक सडक नाटक मलाई मेरो जन्मभूमि प्यारो छ हालै जोरपाटीस्थित देवकोटा कलेजलगायतका स्थानमा मञ्चन गरिएको छ।

मुना निरौला त्रिपाठीको लेखन तथा आकाश नेपालीको निर्देशन रहेको नाटक लाखँैं युवा जनशक्तीलाई नेपालमै रहेर अवसर खोज्ने पर्छ भन्ने विषयमा केन्द्रित थियो। ञअहिले ११÷१२ कक्षा पढेपछि थोरै कमाइका लागि पनि मलेसिया साउदीजस्ता देशमा जाने चलन छ। विदेश जानुभन्दा त्यो समय र लगानी देशमै गरे राम्रो प्रतिफल पाइन्छ र काम सानो ठूलो हुँदैन भन्ने सन्देश दिने उद्देश्यले यो नाटक तयार पारेका हौं, लेखक तथा कलाकार निरौलाले भनिन्।

नाटकमा विनोद प्रकाश धामी, प्रनिश मगर, सरिता कठायत, सरला पराजुली, रेशम मल्ल, वीरेन्द्र बुढा, शर्मिला गुरुङ र प्रवीण डिसीले अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्