कारागारबाट मुक्तिपछि पलको पहिलो म्युजिक भिडियो



लामो समयपछि अभिनेता पल शाहले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनले अभिनय गरेको तिमीसँगै हुँदा बोलको गीतको भिडियो हालै सार्वजनिक भएको हो।

भिडियो निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन्। अभिनेता पल शाह कानुनी प्रक्रिया लम्बिदा लामो समय कुनै पनि भिडियो र फिल्ममा देखिएका थिएनन्। उनी कानुनी प्रक्रिया सकेर बाहिर आएलगतै पाख्रिनद्वारा निर्देशित भिडियोमा काम गरेका हुन्। पहिले नै सम्झौता भएअनुसार पलले तिमीसँगै हुँदामा काम गरेका हुन्।

पलले लामो समयपछि भिडियोमा अभिनय गरेबापत तीन लाख रुपियाँ पारिश्रमिक लिएको बताइएको छ। निर्देशक पाख्रिनले भने पहिले नै सम्झौता हुँदा झन्डै तीन लाख नजिक पारश्रमिक दिएको बताएका छन्। जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई फिचर्ड छन्। पलले त्यसपछि होम प्रोडक्सनको भिडियोमा काम गर्दैछन्।

गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत ओेएसआर डिजिटलबाट सार्वजनिक भएको हो। गायक गायिका प्रताप दास र अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीत राजु कार्कीले एरेन्ज गरेका छन्।

रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिध्र रहेको छ। यसको भिडियो राम केसीले खिचेका छन् भने सम्पादन, कलर र भीएफएक्स टेकेन्द्र शाहको रहेको छ। फिल्म निर्माता तथा निर्देशकसमेत रहेका पाख्रिनले भिडियोको छायांकन सर्लाहीको बागमती आसपासमा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्