अमिन अवार्ड सम्पन्न



नेपाल संगीत उद्योग संघले हालै राजधानीमा दोस्रो संस्करणको अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९ आयोजना गरेको छ।

संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डा. भोला रिजाल र संगीतकार सुरेश अधिकारीलाई स्रष्टा सम्मान, अभिनेता शिव श्रेष्ठलाई कलाकारिता सम्मान, पत्रकारद्वय तुलसी गिरी भावुक र सुमन पण्डितलाई पत्रकारिता सम्मान, हेमराज ढकाल, सुमित केडिया, भक्त हमाल, नरेशलाल श्रेष्ठ, नानीराज घिमिरे र रविन श्रेष्ठलाई व्यावसायिक सम्मान तथा म्युजिक नेपाललाई उत्कृष्ट म्युजिक कम्पनीको सम्मान गरिएको थियो।

अवार्डतर्फ म के गरूँका लागि रामचन्द्र लाम्गादे बेस्ट न्यु लिरिक्स, नढाँट न हैका लागि दीपक लिम्बू र बिहानीको मिर्मिरे उज्यालोमाका लागि बबिता मानन्धर बेस्ट सिंगर, ज्यालाको पर्दाका लागि गोविन्द लिम्बू बेस्ट न्यु सिंगर र छैन है गुनासोका लागि डीपी खनाल बेस्ट लिरिक्स अवार्ड विजेता भए भने ए हो र मायाका लागि विमल अधिकारी, तिम्रो मेरो प्रितका लागि अनुप बोहोरा र चाहि“दैन तिम्रो मायाका लागि समीप निरौला बेस्ट मोडल, तिमी छौ र पोका लागि अशोक बिके र दर्पण छायाँमाका लागि राहुल बराइली बेस्ट भिडियो डिरेक्टर, तिम्रो मेरो प्रितका लागि सिर्जना कार्की बेस्ट न्यु मोडल, आमाका लागि राजा राजेन्द्र पोखरेल र तिम्रो मेरो जीवनमाका लागि शंकर थापा स्माइल बेस्ट म्युजिक, चाहिएनका लागि जीवन पन्त बेस्ट डिकेड सङ, पहिलो भेटको हेराइमाका लागि लिना राई, झरनाको चिसो पानीका लागि निरजकुमार सुनार र सगरमाथा यहीका लागि हरिगोपाल प्रधान बेस्ट डिकेड म्युजिक, पानी चल्दैनका लागि यश कुमार बेस्ट डिकेड सिंगर, देश निर्माणका संकल्पका लागि धनु ग्याध्रमी, जय जय देश जय जय नेपालका लागि रोहितकुमार बस्नेत र हिमालबाट हिउ“ पग्लीका लागि चिन्तामणि शिवाकोटी बेस्ट सङ विथ नेसनल स्पिरिट, घर त सिम्लेका लागि दीपसागर थापा बेस्ट सिंगर, कहिले गर्छौ बिहेका लागि विनोद दनुवार र हे मेरो सानुका लागि सरोज लामिछाने बेस्ट सिंगर, डाँडाघरे साइलीका लागि श्रीकृष्ण बम मल्ल बेस्ट रिदम, एक्लो न्याउलीका लागि विनोद भण्डारी बेस्ट भिडियो डिरेक्टर र मुना मदनका लागि जेबी ओली बेस्ट सिंगर अवार्ड विजेता भए।

त्यसैगरी, एउटा सपनाका लागि पार्वती न्यौपाने बेस्ट न्यु सिंगर, झ्याप्पै बस्यो मायाका लागि देवेन्द्र भद्मराई बेस्ट न्यु सिंगर, माइतीको घरका लागि लक्ष्मी रेग्मी बेस्ट लिरिक्स, मेची महाकालीका लागि खिमानन्द खरेल बेस्ट न्यु रिलिक्स, चोली ढाकालेका लागि निरज भद्म बेस्ट न्यु लिरिक्स, सम्झना मनैमाका लागि प्रवेश श्रेष्ठ बेस्ट न्यु मोडल, बस्यो दिलैमाका लागि टीका भुजेल, ए परदेशीका लागि सुनील लामिछाने र ढुंगे धारैकोका लागि रिना थापा मगर बेस्ट मोडल, कहाँ हो तिम्रो घरका लागि पूजा पुरी बेस्ट सिंगर, जहाँ छन् बुद्धका आँखाका लागि बमबहादुर थापा पपुलर अवार्ड, मनमा बिलारीका लागि शक्ति चन्द बेस्ट टप्पा सङ, के गुलियो छ सख्खर चिनीका लागि पदम राई पब्लिक च्वाइस अवार्ड, हाँस्नुपर्छ जिन्दगीमाका लागि राजेश एकल जुरी अवार्ड, कति मिठो राम साइलाका लागि खुसी थुलुङ राई बेस्ट न्यु सिंगर, छुट्नलाई पो रैछ क्यारेका लागि प्रभा बर्तौला बेस्ट लिरिक्स, धोकाका लागि आरके परियार बेस्ट मोडल, सोल्टी बजारका लागि निश्चल दवाडी बेस्ट लिरिक्स र खाडी मुलुक ८ का लागि ललित केसी बेस्ट भिडियो डिरेक्टर अवार्ड विजेता बने।

प्रतिक्रिया दिनुहोस्