परम्परा, रितिरिवाज, धर्म, संस्कृति र भाषालाई जोगाइराख्नु हाम्रो जिम्मेवारी : राजेश हमाल



काठमाडौँ ।

नायक राजेश हमालले नेपालको परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता जोगाउन जरुरी रहेको बताएका छन् । के–फाउन्डेसन ग्लोबबलले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपालको परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता संकटमा परेको र यसलाई जोगाइराख्नु जनताको जिम्मेवारी भएको उनले बताए।

हमालले भने ‘प्रत्यक्षरुपमा यस्ता कुरासँग हाम्रो राष्ट्रियता र नागरिकता गाँसिएको हुन्छ । कुनै पनि राष्ट्रका जनताले राष्ट्रियताप्रति गर्व गर्छ । म यो राष्ट्रको हुँ भनेर गर्व गर्नुको पछाडी त्यो राष्ट्रको इतिहास हुन्छ । त्यो राष्ट्रियता, संस्कृति, रितिरिवाज, धर्म, संस्कृति, विविधता, भाषा, खानपिन हुन्छ । सोही आधारमा उसले म फलानो राष्ट्रको हो, फलानो देशको नागरिक हो भनेर गर्व गर्छ । त्यसमा नेपाल पक्कै पनि अछुतो छैन् ।’

उनले थपे, ‘हामीले आफूलाई नेपाली हौं भनेर किन गर्व गछौं भने त्यसको पछाडि हाम्रो परमपरा, हाम्रो रितिरिवाज छ । हाम्रो खानपिन छ । हाम्रो संस्कृति, धर्म, भाषा छ । त्यसले नै हामीलाई ठोसरुपमा पहिचान दिइरहेको छ । त्यसैको दह्रो जगमा राष्ट्रियता र राष्ट्रको नागरिक भएर उभिएका छौं । त्यो जग डगमगायो भने, त्यो जग कमजोर भयो भने हामी सबैको पहिचान र राष्ट्रको पहिचान, नागरिकको पहिचान नै डगमगाउने र ओझेलमा पर्ने हो ।

नायक हमालले हाम्रो इतिहास, भाषा, संस्कृति एक पुस्ताले अर्कोलाई हस्तान्तरण गर्दै आएकाले जीवित भएको हो भन्दै कुनै तालिम दिएर जीवित भएको होइन् भने । उनले भने, ‘अझ् गहिरिएर हेरियो भने हाम्रो इतिहासमा जति रितिरिवाज थिए, जुन संस्कृति थियो, त्यो एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण भएर जीवित भएको हो । कुनै परीक्षण गरेर या कुनै तालिम गरेर जीवित भइरहेको होइन । आजको आधुनिक युगमा सबैभन्दा डरलाग्दो कुरा भनेको एउटा पुस्थाले त्यसमा रुची राख्न छोड्यो भने त्यसपश्चात हाम्रो कला, संस्कृति,रितिरिवाज डगमगाउँछ । त्यसैले नयाँ पिँढीले यस्ता कुरा ग्रहण गर्नु जिमेवारी हो ।’

हामी महत्वपूर्ण ऐतिहासिक शहर काठमाडौंमा रहेको बताउँदै उनले काठमाडौं जस्तो कला, संस्कृतिले धनी अन्य ठाउँ बिरलै होला भने । हमालले आफू काठमाडौंमा हुर्किएको सुनाउँदै यहाँको कला, संस्कृतिलाई यहाँका हरेक व्यक्ति र सामुदायले आफ्नो काधमा बोकेर हिडिरहेको देख्दै आएको बताए । तर पछिल्लो समयमा त्यो जिम्मेवारी ग्रहण गर्ने क्रममा कमी आएकोमा उनले चिन्ता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्