नाभ्रातिलोभाले क्यान्सरलाई जितिन्



लन्डन।

महान् टेनिस खेलाडी मार्टिना नाभ्रातिलोभाले क्यान्सरलाई हराउन सफल भएकी छन् ।

घाँटी र स्तनको क्यान्सरबाट पिडित अमेरिकाकी नाभ्रातिलोभाले आफू क्यान्सरबाट मुक्त भएको बताउँदै काममा फर्केको बताएकी हुन् । उनले सो कुरा मियामी ओपनमार्फत् टेलिभिजनमा काम गर्दा बताएकी हुन् । नाभ्रातिलोभाले आफ्नो टेनिस जीवनमा १८ ग्राण्डस्लामको एकल उपाधि जितेकी थिइन् ।

त्यस्तै, डबल्स र मिक्स डबल्समा पनि उनले थुप्रै ग्य्राण्ड स्ल्यामको उपाधि जितेकी छन् । नाभ्रातिलोभाले आफ्नो क्यान्सरको उपचारको क्रममा स्वाद हराएको र १५ पाउण्ड तौल घटेको समेत खुलासा गरेकी छन् । उनले काममा फर्किन पाउँदा निकै खुशी र रोमाञ्चित भएको प्रतिक्रिया दिएकी छन् ।

एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिने क्रममा नाभ्रातिलोभाले चिकित्सकले क्यान्सर नभएको बताएकी थिइन् । चिकित्सकहरुले क्यान्सर नभएको बताए पनि आफू नियमित स्वास्थ्य जाँच गराउने पनि उनले बताइन् । नाभ्रातिलोभालाई सन् २०१० मा स्तन क्यान्सर भएको थियो । गत बर्ष मात्रै उनलाइ घाँटीको क्यान्सर देखिएको थियो । – एजेन्सी

 

 

प्रतिक्रिया दिनुहोस्