अनि टुट्यो ताराको राष्ट्रिय खेलाडी बन्ने सपना



ओखलढुंगा ।

ओखलढुंगा मानेभञ्ज्याङका तारा श्रेष्ठलाई कुनै समय राष्ट्रिय भलिबल खेलाडी बन्ने ठुलो धोको थियो । आफू सानु हुँदा घर नजिकैको खेल मैदानमा गाउँले दाजुहरूले भलिबल खेलेको देखेर आफूलाई पनि खेल्न असाध्यै मन लाग्थ्यो । स्कुल छुट्टी हुन साथ दाजुभाइहरू खेलिरहेको ठाउँमा पुगेर खेल्ने गर्थिन तारा । सुरुसुरुमा गाउँका दाइहरूले केटी तेस्माथि नि सानी छे भनेर खेल्न त के छुन समेत दिँदैनन् थिए तारा लाई ।

उनलाई खेल्न नदिए नि निरन्तर खेल मैदान गई रहिन । सिनियर दाजुहरूले उनको यो गतिविधि नियाली रहेका थिए । उनको भलिबल प्रतिको मोह देखेर आफूहरुको टिममा राखेर कर्नर तिर खेलाउन थाले । तारा खुसी हुँदै बढो मेहनतका साथ खेल्न थालिन । नभन्दै भलिबल खेलमा उल्लेख्य प्रगति हुँदै गयो ताराको । हुँदाहुँदै भलिबलको खेलाडी बन्न सपना देख्न थालिन तारा । जीवनको सुरुवाती भनौँ या युवा अवस्थामा जो कोहीले पनि आफ्न भविष्यको कल्पना गर्दछ । कुनै नौलो थिएन ताराले पनि भलिबल खेलाडी बन्ने सपना बोक्नु ।

भलिबलको सपना पछ्याउने क्रममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आफ्नै पालिकाको खेल मैदानमा सञ्चालन हुने भयो । तारा त्यस बखत भगवती माध्यमिक विद्यालय मानेभञ्ज्याङमा कक्षा ८ मा अध्ययन गर्थिन । त्यस बखत कक्षा ९ र १० का विद्यार्थीले मात्रै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिन पाउने रहेछन् । कुराले ताराको मनमा चस्का पस्यो मन अधुरो भयो कता कता पिडाको बोझले नराम्रो गरी थिच्यो । तर हिम्मत हारिनन् तारा । विद्यालय प्रशासन सँग अनुरोध गरिन ।

भलिबलमा ताराको प्रतिभा विद्यालय प्रशासनले देखि रकेको थियो । त्यसैले विद्यालय प्रशासनले उनलाई भलिबल खेलाउने निर्णय ग¥यो । ताराले अब भलिबल खेल्न पाउने भए । उनले मानेभञ्ज्याङको भगवती मा वि को छात्रा भलिबल टिमको प्रतिनिधित्व गर्दै २०६८ सालमा तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिइन । ओपन स्पाईकारको भुमिकामा खेल्ने ताराको टिम भगवती माध्यमिक विद्यालयले सो प्रतियोगितामा छात्रा भलिबल तर्फ पहिलो स्थान हात पार्न सफल भयो ।

त्यस पछि ताराको भलिबलमा लगाव झन् बढ्यो । आफू सँग अध्ययन गर्ने र वरपरका साथीहरूले पनि भलिबल खेल्न थाली सकेका थिए अब । सुरुको जस्तो केटाहरूको टिममा मिसिएर खेल्नु पर्ने परिस्थिति थिएन अब तारालाई । २०६८ सालमा आफैँले अध्ययन गरेको विद्यालयको टिमको प्रतिनिधित्व गर्दै भलिबलमा पाइला टेकेकी ताराले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको जिल्ला, क्षेत्रीय हुँदै छैटौँ राष्ट्रिय राष्ट्रपति कप खेलिन ।

यसै गरी पूर्वी नेपालको इटहरीमा भएको ७ औ खेलकुद प्रतियोगितामा प्रदेश नं. एकको महिला भलिबल टिमको प्रमुख हिस्साको रूपमा रहेर खेलिन भने नेपाल गञ्जमा भएको ८ औ राष्ट्रिय प्रतियोगितामा पनि आफ्नो प्रदेशको टिमको सदस्य बनिन् तारा । नवौँ राष्ट्रिय प्रतियोगिता छनौटका लागी झापामा भएको प्रदेश स्तरीय प्रतियोगितामा ताराको कप्तानीमा रहेको ओखलढुंगा महिला भलिबल टिमले प्रथम स्थान हासिल ग¥यो । ओखलढुंगाको भलिबल इतिहासमा ताराको कप्तानीमा रहेको महिला भलिबल टिमले एउटा इतिहास रच्यो कहिल्यै नमेटिने गरी ।

तारा भलिबलमा भविष्य खोज्ने क्रममा नेपाल आर्मी क्लबको महिला भलिबल टिमको सदस्य हुँदै राष्ट्रिय टिममा खेल्ने धोको बिछट्टै राखेकी थिइन । उनको सपनामा बुढो रुख ढले झैँ गरी ढल्यो तेत्ती खेर जब उनी नेपाली सेनामा भर्ती भएर आर्मी क्लवबाट खेल्ने सपना बोकेर आर्मी हुन छनौट प्रक्रियामा सामेल भइन त्यत्ति खेर उनको उचाइ पुगेन । ५ फिट १ इन्च उचाइ भएकी तारा आफ्नो टिममा ओपन स्पाईकारको पोजिसनमा खेल्ने गर्छिन । जुन पोजिसनमा निक्कै अग्लो कदका खेलाडीहरुले खेल्ने गर्छन् । भलिबलमा होचा कदका खेलाडीहरु लिब्रो पोजिसनमा खेल्ने गर्दछन । तारालाई पोजिसन परिवर्तन गरेर खेल्न रुचि जागेन किनकि समय निक्कै घर्की सकेको थियो ।

अमिलो गरी मन भारी बनाएर बिगत सम्झन्छन तारा भलिबलमा बिताएका ति ऊर्जावान् समय । सायद त्यो समयमा भलिबल बुज्ने कोही अग्रज भेटिएको भए या नजिकै प्रशिक्षण केन्द्र भएको भए आफ्नो उचाइ अनुसारको पोजिसनमा खेल्न सिक्थे होला सोचेर मन पिल्सिलाउँदै समय कटाउँछन् तारा । भलिबलमा उनी अचेल छिटपुट रूपमा जिल्ला स्तरीय प्रतियोगिताहरू खेल्छिन ।

भलिबल आफ्नो लक्ष्य ठानेकी तारा खेलाडीको अलावा प्रादेशिक भलिबल निर्णायक समेत हुन । राष्ट्रिय खेलाडी बन्न नसके पनि प्रशिक्षण कोर्स सिकेर भलिबल प्रशिक्षक बन्ने धोको छ उनको । खेलाडी र खेलको विकासका लागी संघिय र प्रदेश सरकारको अलावा स्थानीय सरकारले पनि ध्यान दिनु पर्ने बताउँछिन् तारा । स्थानीय तहका सरकारले विद्यालयहरूमा खेल शिक्षकको  व्यवस्था गर्नु पर्ने र त्यसमा खेलाडीहरूलाई नै सुझाउँछिन् तारा ।

जिवन यापनका लागी भनौँ या घरपरिवारलाई सघाउन हाल उनी  घर नजिकै रहेको सनराईज ईङलिस स्कुलमा पढाउने काम गर्छिन तारा । कम बोल्ने गहकिलो स्वभाव भएकी तारा बैरागीएको भावमा अब आफू एक जिम्मेवार शिक्षिका भएकाले पढाउनमा ध्यान दिने बताउँदै गर्दा निक्कै भावुक बनिन् । र भनिन् म एक शिक्षिका हु हामीलाई विश्वास गरेर अभिभावकले विद्यार्थी भर्ना गरेका छन् फिस तिरेका छन् । त्यसैले अब खेल कम पढाउने कामलाई निरन्तरता दिने बताईन् ।

प्रतिक्रिया दिनुहोस्