दुर्गालक्ष्मीकाे स्ववियु सभापतिमा नेविसंघका महरा निर्वाचित



अत्तरिया ।

कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघ उम्मेदवार भुवन महरा सभापतिमा निर्वाचित भएका छन्। उनी नेविसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौका साझा उम्मेदवार रहेका थिए ।

कुल ८ सय ७४ मत खसेकोमा महराले ३७४ मत पाएका थिए। स्वतन्त्र र अनेरास्ववियु (क्रान्तिकारी) सयुक्त प्यानलबाट उम्मेदवारी दिएका पुष्करराज जोशीले १७७ मत प्राप्त गरेका थिए । यस्तै स्वतन्त्र उम्मेदवार लोकराज ओझाले १६४, अनेरास्ववियुका उम्मेदवार पुष्पराज सुवेदीले १०५ र स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवारी दिएका सरोज ठगुन्नाले २१ मत प्राप्त गरेका थिए ।

निर्वाचनबाट सचिवमा महरा प्यानलबाटै ३९९ मत ल्याएर बम बहादुर बिक र कोषाध्यक्षमा सर्वाधिक ४०८ मत ल्याएर ज्योती शाहु निर्वाचित भए ।

त्यस्तै सदस्यमा महरा प्यानलकै भागरथी विष्ट, लाल बहादुर खत्री, सुनिल बोहरा, जित बहादुर महरा, दिपकराज अवस्थी, उषा कुमारी साउँद, अमृता विक र दिनेश खड्का निर्वाचित भए ।


प्रतिक्रिया दिनुहोस्