प्रसाद २ को मार्सी धान



माजिक कथाको सुपरहिट फिल्म प्रसादको सिक्वेको रुपमा बनेको प्रसाद २ मा समावेश गीत मार्सी धान सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर तथा राजनराजकै शब्द र संगीत छ। लोकशैलीमा तयार पारिएको गीतको भिडियो विक्रम स्वारले कोरियोग्राफी गरेका छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय विपिन कार्की र केकीको अधिकारीको साथमा म्युजिक भिडियोमा जमेको जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य छ।

फिल्ममा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ। राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ। फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन्। सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन्।

आगामी चैत्रको २४ गते रिलिज हुने फिल्म प्रसाद २ ले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा फिल्मीकर्मी तथा यसको निर्माणपक्षको छ। फिल्मको टझेलर सार्वजनिक भएसँगै नै फिल्मले चर्चा पनि पाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्